अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य बढ्दा चाँदीको स्थिर 

सुनको मूल्य बढ्दा चाँदीको स्थिर 


काठमाडौँ-नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन तोलाको एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।  यस्तै तेजाबी सुन तोलाको एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।