अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनआईसी एशिया बैंकको नाफा १०.३५ प्रतिशतले वृद्धि

एनआईसी एशिया बैंकको नाफा १०.३५ प्रतिशतले वृद्धि


काठमाडौँ-एनआईसी एशिया बैंकको नाफा १०.३५ प्रतिशतले वृद्धि भएको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै ४ अर्ब ६५ करोड १३ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको हो ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा बैंकले ४ अर्ब २१ करोड ४९ लाख २६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकले खराब कर्जा १ प्रतिशतभन्दा तल राखेको छ । गएको आवको अन्त्यसम्म बैंकको खराब कर्जा ०.८० प्रतिशत कायम छ । अघिल्लो वर्ष यस्तो कर्जा ०.५३ प्रतिशत थियो ।

बैंकले असार मसान्तसम्म १२ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । फी तथा कमिसनबाट दुई अर्ब ३२ करोड २४ लाख रुपैयाँ आर्जन गरेको छ ।

बैंकले उक्त अवधिमा ६ अर्ब ८२ करोड ७३ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । बैंकले असार मसान्तसम्म दुई खर्ब ६२ अर्ब नौ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । सो अवधिसम्म तीन खर्ब ११ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

बैंकको चुक्त पुँजी ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ छ । यो बैंकको जगेडा कोषमा गएको वर्षको अन्त्यसम्म १४ अर्ब ३८ करोड ८४ लाख रुपैयाँ रहेको छ ।

बैंकको वितरणयोग्य मुनाफा भने ७.९३ प्रतिशतले बढेको छ । गएको वर्षको अन्त्यसम्म यस्तो नाफा तीन अर्ब ६९ करोड ८८ लाख रुपैयाँ छ । अघिल्लो वर्ष वितरणयोग्य मुनाफा तीन अर्ब ४२ करोड ७० लाख रुपैयाँ थियो । गएको वर्ष लाभांश नदिएको बैंकको यो वर्ष लाभांश क्षमता ३१ रुपैयाँ ९९ पैसा छ ।

बैंकको प्रतिसेयर आम्दानी ४० रुपैयाँ २२ पैसा छ । प्रतिसेयर नेटवर्थ २५६ रुपैयाँ ४१ पैसा छ ।