अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हाम्रो पार्टी माओवादी र कांग्रेसको पिछलग्गु भयो: झलनाथ खनाल

हाम्रो पार्टी माओवादी र कांग्रेसको पिछलग्गु भयो: झलनाथ खनाल


काठमाडौँ-सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेबाट विद्रोह गरेर बनेको पार्टी दक्षिणपन्थी बनेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको छ । उहाँले नेकपा एकीकृत समाजवादी स्वतन्त्र पहिचान बनाउन असफल भएको भन्दै माओवादी केन्द्र र कांग्रेसको पिछलग्गु बनेकोमा आरोप लगाउनु भयो।

शनिबारबाट सुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा १६ पेज लामो लिखित ‘वर्तमान परिस्थिति र हामीले ध्यान दिनुपर्ने ज्वलन्त विषयहरू’ दस्ताबेज पेस गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका खनालले भन्नुभएको छ, ‘आखिर हाम्रो पार्टी दक्षिणपन्थी र माओवादी–कांग्रेसको पिछलग्गु जस्तो भएर अघि बढ्यो ।’ उहाँले नेपाली कांग्रेस र माओवादी दुवैले आफ्नो पार्टीलाई देशैभर धोखा दिएको पनि आरोप लगाएका छन्।

‘हाम्रो पार्टीलाई मतदाता मात्र बनाए । त्यसले हाम्रो पार्टीको बन्दै गरेको क्रान्तिकारी छवि र साख नराम्ररी गिराइदियो’, खनालले भन्नुभयो, ‘कार्यकर्ताहरू देशव्यापी रूपमा निराश भए । त्यसपछि ‘बरु एमालेतिरै जाने’ भन्ने चिन्तनको विकास हुन थाल्यो र पलायन बढ्दै गयो ।’

नेता खनालले कांग्रेससँगको गठबन्धनले दक्षिणपन्थीहरुलाई लगातार फाइदा पुगेको भन्दै यसबाट उनीहरू वामपन्थीहरूलाई विभाजन गर्न र त्यसको एक हिस्सालाई उपयोग गरेर आफ्नो शक्ति वृद्धि गर्न सफल भइरहेको बताउनु भयो । उहाँले यसरी वामपन्थी समूहहरु दक्षिणपन्थी शक्तिका प्यादा र बैशाखी जस्तो बन्दा आफ्नो साख निरन्तर गिराइरहेकाले यस्तो डरलाग्दो दक्षिणपन्थी गल्तीबाट पार्टीलाई बचाउनु पर्ने बताउनु भयो ।

‘हाम्रो अनुभवहरूको समीक्षा गर्नुपर्छ। आफ्ना गल्तीहरूलाई स्वार्थ मुक्त भएर आँटका साथ सच्याउनु पर्छ र पार्टीलाई सही वैचारिक– राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तको जगमा उभ्याउनु पर्छ । प्रधान राजनीतिक अन्तर्विरोध र प्रमुख राजनीतिक प्रतिद्वन्द्वीलाई ठिक ढङ्गले ठम्याउनु पर्छ र क्रान्तिको प्रवाहलाई निशाना केन्द्रित ढङ्गले अघि बढाउनु पर्छ’, खनालको सुझाव छ।

प्रतिवेदनको पूर्णपाठ