काठमाडौँ-देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ । कोशी, लुम्बिनी र गण्डकी प्रदेशमा गएराति भारी वर्षा भएको हो ।
नवलपरासीको परासी, रुपन्देहीको तिलोत्तमा, कास्कीको ज्यामिरेबारी, सिकलेश, लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएको छ ।
उक्त जिल्ला तथा आसपास भएर बहने स–साना नदी तथा खोलामा आकस्मिक बाढीको सम्भावना रहेको बाढी पूर्वानुममान महाशाखाले जनाएको छ । सो क्षेत्रमा ६ घण्टा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यस्तै झापाको बुधबारे, शनिश्चरे, विर्तामोड र आसपासमा पनि भारी वर्षा मापन गरिएको छ । सो क्षेत्रमा थप वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसैले विरिङ, अदुवाखोलालगायत आसपासका खोलामा आकस्मिक बाढीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।







प्रतिक्रिया