अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकीकृत समाजवादीबाट एमालेमा फर्किनेको लर्को

एकीकृत समाजवादीबाट एमालेमा फर्किनेको लर्को

यी हुन् मूल पार्टीमा फर्किने नेताहरू


काठमाडौँ– नेकपा एकीकृत समाजवादीबाट एमालेमा प्रवेश गर्नेको लर्को लागेको छ । एमालेबाट पार्टी विभाजन गरेर माधव नेपालले एकीकृत समाजवादी गठन गर्नुभएको थियो । 

तर, उहाँले नयाँ पार्टी गठन गरेको करिब दुई वर्षमा नै अधिकांश नेताहरू एमालेमा फर्किसक्नुभएको छ भने कतिपय नेताहरू फर्किने तयारीमा हुनुहुन्छ । 

पछिल्लो समयमा एकीकृत समाजवादी पार्टी छाडेर एमालेमा फर्कनेको संख्या दिनप्रति दिन बढ्दै गएको हो । एकीकृत समाजवादी पार्टी चल्न नसक्ने भन्दै उहाँहरु एमालेमा फर्किन लाग्नुभएको हो । 

यसैबीच एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि एमालेमा प्रवेश गर्न तयारी रहेको बताइएको छ । यस्तै रामकुमारी झाक्री पनि एमालेमा फर्किन चाहेको स्रोतले बताउछ । पछिल्लो समयमा एमालेमा फर्किनेमा ३ जना पदाधिकारी, ३० जना केन्द्रीय सदस्य र १४ जना जिल्ला अध्यक्षहरू रहनुभएको छ । 

यी हुन् एमालेमा पर्किनेहरु

वरिष्ठ नेता–मुकुन्द न्यौपाने 

उपाध्यक्ष–केदार न्यौपाने 

सचिव–भागवत विश्वासी

केन्द्रीय सदस्यहरु

तारा लामा तामाङ

प्रेम महर्जन  

मिठाराम केशी  

डिल्ली उप्रेती 

अशोक यादव 

उषा गुरुङ 

लालकृष्ण चापागाई 

चुडामणि जंगली 

तर्क  वहादुर शाही 

धनवहादुर रायमाझी 

यदुवंश झा 

हिराचन्द्र केशी 

विक्रम शाही 

गणेश खनाल 

देवीलाल थापा 

सरोज कुमार यादव 

सारदा स्वर्णकार 

विना वुढाथोकी 

चन्द्रलाल वुढा 

कुलविर चौधरी 

अशोक चन्द 

सुवास कर्माचार्य

दलवहादुर सुनार

कुर्मराज शाही 

रिता रावल

जिल्ला अध्यक्षहरू 

श्रीधर पोख्रेल–मकवानपुर 

सुरमणी वेलवासे–दाङ 

हरिप्रसाद शर्मा–रुकुम पश्चिम 

रमेश वस्नेत– रामेछाप 

सुर्यचन्द्र न्यौपाने 

गगन रावल 

श्रीराम कार्की–तनहु

नरेश भण्डारी–गुल्मी 

विष्णु देवकोटा– रसुवा 

सुन्दर विश्वकर्मा– बारा 

नन्दसिं वुढा– डोल्पा 

हिरण्य भटृराई– अछाम 

आदीप्रसाद न्यौपाने –जुम्ला

भोलानाथ पोख्रेल–उपत्याका विशेष पेशागत जिल्ला कमिटी