अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

किसानको समस्या समाधानको पहलका लागि प्रधानमन्त्रीसँग आग्रह गर्नेछु : अध्यक्ष ओली 

किसानको समस्या समाधानको पहलका लागि प्रधानमन्त्रीसँग आग्रह गर्नेछु : अध्यक्ष ओली 


काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले किसानहरूको समस्याको समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गर्ने बताउनुभएको छ । सामाजिक सञ्चालनमा आएका कमेन्ट र म्यासेजहरुको प्रतिक्रिया दिँदै उहाँले किसानका समस्या समाधानका लागि प्रधानमन्त्रीसँग आग्रह गर्ने बताउनुभएको हो । 

‘हिजो पोस्ट गरेको जंगली जनावरहरूबाट किसानहरूको बालीनालीलाई मार परेको तस्बिरमा तपाईँहरूका कमेन्ट र म्यासेजहरु प्राप्त भएका छन् । कतिपय साथीहरुले गाईमा लाग्ने लम्पी स्किन रोगको कुरा पनि राख्नु भएको छ । कमेन्ट र म्यासेज पठाएर यो छलफलमा सहभागी हुनु भएकोमा तपाईँहरू सबैलाई धन्यवाद’,अध्यक्ष ओलीले लेख्नुभएको छ,’कमेन्ट र म्यासेजहरु पढ्दा यो समस्या विकराल छ भन्ने महसुस भयो । केही कमेन्टको स्क्रीनसट पनि पोस्ट गरेको छु । आज म प्रधानमन्त्री पुष्पकमल दाहालसँग मेरो भेट पनि हुँदैछ । तपाईंहरूले पठाउनु भएका समस्या, सल्लाह र सुझाव अनुरूप समाधानको लागि पहल गर्न आग्रह गर्नेछु ।’

अध्यक्ष ओलीले हिजो बाँदरले सखाप पारेको मकै बारीको तस्बिर आफ्नो सामाजिक सञ्चालनमा पोष्ट गर्नुभएको थियो ।