अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अवैध सुन प्रकरण : सरकारले छानबिन समिति गठन नगरे संसद् चल्न नदिने एमालेको तयारी 

अवैध सुन प्रकरण : सरकारले छानबिन समिति गठन नगरे संसद् चल्न नदिने एमालेको तयारी 


काठमाडौँ-नेकपा एमालेले सरकारले अवैध सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन नगरे संसद् चल्न नदिने भएको छ । आज दिउसो १ बजेका लागि बोलाएको प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेले तयारी गरेको हो । 

एमाले संसदीय दलका सचेतक महेशकुमार बर्तौलाले सरकारले आफूहरुका माग सम्बोधन नगरे संसद् बैठक अवरोध गर्ने बताउनुभयो । उहाँले सरकारले उच्चस्तरी छानबिन समिति गठन नगर्दासम्म प्रतिनिधिसभाको बैठक चल्न नसक्ने बताउनुभयो । 

यसैबीच संसदको अवरोध हटाउन सभामुख देवराज घिमिरेले तीन दलका शीर्ष नेताहरुको बैठक बोलाउनु भएको छ । सो बैठक मध्याह्न १२ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा अवैध सुन प्रकरणको उच्चस्तरी छानबिन आयोग गठन गर्न सरकार तयार नभए संसद् चल्न नदिने एमालेको तयारी छ ।