काठमाडौँ-नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । हिजो बढेको सुनको मूल्य आज घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर १ लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन तोलामा १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने आज पनि स्थिर छ । बिहीबार, शुक्रबार र आइतबार प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्य कायम भएको हो ।






प्रतिक्रिया