अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित

एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित


काठमाडौँ-प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधपछि राष्ट्रिय सभा बैठक बुधबारसम्म लागि स्थगित भएको छ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले सुन काण्ड छानबिन गर्न उच्चस्तरीय जाँचबुझ समिति माग राख्दै विरोध जनाएका थिए।

प्रमुख प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि राष्ट्रिय सभा बैठक बुधबारसम्मलाई स्थगित भएको छ।

राष्ट्रिय सभाको अर्को बैठक बुधबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने छ।