अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीन शीर्ष नेताको बैठकमा भएन सहमति, साढे ३ बजे फेरि बस्ने

तीन शीर्ष नेताको बैठकमा भएन सहमति, साढे ३ बजे फेरि बस्ने


काठमाडौँ-सभामुख देवराज घिमिरे र राजनीतिक दलका तीन शीर्ष नेताबीचको छलफल सकिएको छ।

सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल दिउँसो साढे ३ बजे फेरि बस्ने गरी सकिएको हो ।

अबरूद्ध प्रतिनिधि सभा बैठक खुलाउने विषयमा सोमबार दिउँसो छलफल भए पनि शीर्ष नेताहरू सहमतिमा पुगिसकेका छैनन्।

बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले शीर्ष नेताहरूबीच छलफल सकारात्मक रहेको बताउनु भयो।

‘आजै अपराह्न साढे ३ बजे नयाँ बानेश्वरमा फेरि शीर्ष नेताहरूबीच बैठक गर्ने गरी अहिले उठेका छौं,’ लेखकले भन्नुभयो, ‘प्रतिनिधि सभा बैठक चलाउनेबारे कुराकानी भयो। सूचना टाँसेर आजै अपराह्न ४ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गर्ने कुरा भएको छ।’

सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारी प्रतिनिधि सभा बैठक आजै अपराह्न ४ बजेसम्मका लागि स्थगित भएको जानकारी दिनुभयो।

दलहरु सहमतिमा नपुगेका कारण सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक दिउँसो ४ बजेका लागि सारिएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध गर्दै आएको छ।