अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठक ४ बजेलाई सर्‍यो

प्रतिनिधिसभा बैठक ४ बजेलाई सर्‍यो


काठमाडौं-प्रतिनिधिसभाको बैठक ४ बजेसम्मका लागि स्थगित गरिएको छ।

आज दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक दलहरुबीचको छलफल नसकिएकाले अपराह्न ४ बजेलाई सूचना टाँसेर सारिएको छ ।

सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउने विषयमा सत्ता र प्रतिपक्षबीच कुरा नमिल्दा सभामुख देवराज घिमिरेको कार्यकक्षमा सोमबार दिउँसो बसेको शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष टुंगिएको छ। पहिलो चरणको छलफल निष्कर्षमा पुग्न नसकेपछि फेरि साढे ३ बजे बैठक बस्दै छ। 

सभामुख घिमिरेको पहलमा सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो। छलफलमा दलका उपनेता, प्रमुख सचेत र सचेतक पनि सहभागी हुनुहुन्थ्यो ।