अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले गण्डकी प्रदेशको अधिवेशन मिति तोकियो

एमाले गण्डकी प्रदेशको अधिवेशन मिति तोकियो


पोखरा-नेकपा एमालेको गण्डकी प्रदेशको पहिलो अधिवेशन असोज १५ र १६ गते हुनेभएको छ।

एमाले महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा आज बसेको प्रदेश कमिटीको बैठकले अधिवेशनको मिति तोकेको हो। अन्य ६ प्रदेशले भने यसअघि नै अधिवेशनको मिति तय गरिसकेका छन्।

बैठकले अधिवेशन पोखरामा गर्ने निर्णय गरेको छ। बैठकमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज गोकर्ण बिष्ट, स्थायी कमिटी सदस्यहरु किरण गुरुङ, खगराज अधिकारी, थममाया थापासहितका नेताहरुको उपस्थिति रहेको थियो।