अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सहमति खोज्न सभामुखसहित शीर्ष नेताहरू पुन: छलफलमा

सहमति खोज्न सभामुखसहित शीर्ष नेताहरू पुन: छलफलमा


काठमाडौँ-सदनको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेसहित तीन दलका शीर्ष नेताको बैठक पुनः सुरु भएको छ । बानेश्वरस्थित सभामुखको कार्यकक्षमा बैठक सुरु भएको हो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुनुहुन्छ।

संसद सुरू गर्ने विषयमा सभामुख घिमिरेको पहलमा बैठक सुरू भएको हो। यसअघि सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा शीर्ष नेताहरूबीचको बैठक भएको थियो। तर सहमति नभएपछि फेरि बैठक बस्ने गरी स्थगित गरिएको थियो। 

 सदन खुलाउन र संसदीय समितिको सभापति चयनबारे समेत निर्णयमा पुग्ने दलहरुको तयारी छ।

अहिले उहाँहरूबीच बैठक जारी छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध गर्दै आएको छ।

आज दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक दलहरुबीचको छलफल नसकिएकाले अपराह्न ४ बजेलाई सूचना टाँसेर सारिएको छ।