अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित


काठमाडौं-प्रतिनिधिसभा बैठक भोलि (मंगलबार) दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ। सङ्घीय संसद् सचिवालयले सूचना टाँस गरेर भोलिसम्मलाई बैठक स्थगित भएको जानकारी दिएको हो।

सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर अपराह्न ४ बजेका लागि सारिएको थियो। तर सत्ता र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरूबीच सहमति जुट्न नसकेपछि बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ।

सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले सूचना टाँस गरेर मंगलबार अपराह्न ३ बजेसम्मका लागि बैठक स्‍थगित गरिएको जानकारी दिनु भयो।

प्रमुख प्रतिपक्षी एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने अडान राखिरहेको छ। सत्ता पक्ष भने समिति बनाउन तयार भएको छैन।

सभामुख देवराज घिमिरेको कार्यकक्षमा आज दुई पटकसम्म छलफल भएको थियो।

सिंहदरबार र नयाँ बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतबीच छलफल भए पनि सदन खुलाउने विषयमा सहमति हुन नसकेको हो।