अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको ध्यान आफ्नो कुर्सी कसरी जोगाउने भन्नेमा मात्र केन्द्रित छः प्रदीप ज्ञवाली

प्रधानमन्त्रीको ध्यान आफ्नो कुर्सी कसरी जोगाउने भन्नेमा मात्र केन्द्रित छः प्रदीप ज्ञवाली


रुपन्देही-नेकपा एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारका गतिविधिका कारण मुलुकमा अस्थिरता पैदा बढेको बताउनु भएको छ।

सोमबारदेखि लुम्बिनीको दाङ देखुरीमा प्रदेश पार्टी स्कुल विभागले आयोजना गरेका प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो।

राजनीतिक स्थायित्वको जगमा बलियो राष्ट्रिय शक्तिको आवश्यक रहेपनि निर्वाचनबाट जनमत छरिएका कारण मुलुकले समस्या भोग्नु परेको तर्क उपमहासचिव ज्ञवालीले गर्नु भयो ।

प्रधानमन्त्रीले राष्ट्र हितभन्दा बाह्य हितको लागि काम गरिरहेको आरोप लगाउँदै नेता ज्ञवालीले देश विकासको लागि बलियो राष्ट्रिय शक्तिको आवश्यक परेको बताउनु भयो।

प्रधानमन्त्रीको ध्यान राष्ट्रतिर नभई आफ्नो कुर्सीको खुट्टातिर मात्रै रहेकाले मुलुकमा संकट उत्पन्न भएको उहाँले दाबी गर्नु भयो। उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको ध्यान राष्ट्रतिर भन्दा आफ्नो कुर्सीको खुट्टातिर मात्रै छ। प्रधानमन्त्रीले हरेक बिहान उठ्दा खेरी, हरेक साँझ सुत्दाखेरी कतैबाट आरा लाग्यो की, कतैबाट मुसाले खाइदियो की भनेर गन्नु पर्ने स्थिति छ।’

उपमहासचिव ज्ञवालीले एमालेले स्कुल विभागलाई चुस्त बनाउँदै कार्यकर्ता प्रशिक्षणलाई व्यापक बनाउने गरी काम अघि बढेको जानकारी दिनु भयो । चार तहमा एमालेको स्कुल विभागले कक्षाहरु सञ्चालन गर्ने भन्दै त्यसबाट विचारको बलियो जग निर्माण हुने उहाँले बताउनु भयो ।

लुम्बिनी प्रदेशका स्कुल विभाग प्रमुख लक्ष्मण ज्ञवालीले पार्टीको स्कुललाई व्यवस्थित गरिएको जानकारी दिनु भयो। पार्टीको नीति, बिचार र सिद्धान्तलाई सबै माझ जानकारी दिने उद्देश्यअनुसार काम अघि बढाइएको उहाँले बताउनु भयो ।

प्रशिक्षण साउन २५ गतेसम्म चल्ने र यो प्रशिक्षणबाट पार्टीले नियमित स्कुलका कार्यक्रम संचालन गर्ने जनशक्ति तयार गर्ने एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिनु भयो । उहाँले यही महिना बाँकेमा प्रदेशमा पार्टीबाट निर्वाचित सबै जनप्रतिनिधिलाई प्रशिक्षण गरिसकेको जानकारी दिनु भयो।