अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा सभामुखसहित तीन शीर्ष नेताको बैठक भोलि बस्ने

बालुवाटारमा सभामुखसहित तीन शीर्ष नेताको बैठक भोलि बस्ने


काठमाडौं-सभामुख देवराज घिमिरेले सोमबार राखेको दुई चरणको छलफलमा सहमति हुन नसकेपछि मंगलबारका लागि पुनः बैठक बोलाइएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा मंगलबार बिहान साढे १० बजेका लागि बैठक बोलाइएको हो।

सोमबार सिंहदरबारस्थित सभामुखको कार्यकक्ष र नयाँ बानेश्वरस्थित संसद् भवनमा दुई चरणमा छलफल भएको थियो। प्रमुख राजनीतिक दलका शीर्ष नेतृत्व र प्रमुख सचेतकसहितको बैठकमा सोमबार सहमति जुट्न सकेन।

सभामुख घिमिरेले भन्नुभयो, ‘आज संसद बैठक खुलाउन प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले गम्भीरतापूर्वक छलफल गर्नुभयो। तर सत्तापक्ष र प्रमुख विपक्षी दलका नेताहरू पूर्ण निष्कर्षमा पुग्न सक्नुभएन। भोलि बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखको समेत उपस्थितिमा बैठक बोलाइएको छ। आशा छ, भोलि दिउँसो ३ बजे बस्ने बैठक अगावै दलहरुबीच सहमति हुनेछ।’

उहाँले सहमतिको विकल्प नरहेको पनि बताउनु भयो। उहाँले भन्नुभयो, ‘संसद् अवरोध हुँदा जनताका आवाज रोकिएका छन्। माननीयहरूले प्राकृतिक विपद्लगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन सक्नुभएको छैन। मैले अधितकतह रूपमा लचिलो भएर दलहरुलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको छु। म दलहरुबीच आपसी विश्वास, एकता र सहकार्यको पक्षमा उभिँदै आएको छु ।’

संसद् बैठक भोलि (मंगलबार) दिउँसो ३ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको छ। 

‘भोलि बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ,’ सभामुख घिमिरेले भन्नुभयो, ‘आशा छ, भोलि दिउँसो ३ बजे बस्ने बैठक अगावै दलहरुबीच सहमति हुनेछ।’