काठमाडौँ–आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै आज चाँदीको मूल्य २५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ।






प्रतिक्रिया