अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज संसद बैठक चल्ने, गृहमन्त्रीले जवाफ दिने

आज संसद बैठक चल्ने, गृहमन्त्रीले जवाफ दिने


काठमाडौँ-प्रतिनिधिसभाको बैठक सहज रूपमा अघि बढाउन सहमति भएको छ । बैठक बस्नुपूर्व सभामुख देवराज घिमिरेको पहलमा दलका प्रमुख सचेतकहरूबीचको बैठकमा सभा सुचारु गर्ने विषयमा सहमति जुटेको हो । 

बैठकको सुरुमा दलीय आधारमा एक–एक जनाले आकस्मिक समय प्रयोग गर्ने सहमति भएको छ। त्यसपछि गृहमन्त्रीले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने सहमति बनेको सभामुखको सचिवालयले जनाएको छ।

संसद् भवन नयाँ बानेश्वरमा सभामुखसँगको छलफलका क्रममा सत्तापक्ष प्रमुख सचेतकहरुले संसद् बैठकमा प्रतिपक्षले गृहमन्त्रीको जवाफ सुन्नुपर्ने बताएका थिए । 

सांसदहरूले बोलिसकेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा उठेका प्रश्नको जवाफ दिनु हुने छ।

गृहमन्त्री श्रेष्ठले दिएको जवाफलाई हेरेर त्यसपछि संसद चल्न दिने कि नदिने भन्ने निर्णय गर्ने प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले बताएको छ। 

गत साउन २ गते त्रिभुवन विमानस्थलबाट झन्डै १ क्विन्टल सुन बरामद् भएको थियो। उक्त सुन प्रकरणको छानबिन गर्न एमालेले उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेको छ। सत्ता पक्षले भने सरकारी संयन्त्रले नै अनुसन्धान गरिरहेकाले अलग्नै समिति बनाउनु नपर्ने बताउँदै आएको छ।