अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्रीले आफ्नै टेबलअघिको फाइल किन देखेन ?: योगेश भट्टराई

गृहमन्त्रीले आफ्नै टेबलअघिको फाइल किन देखेन ?: योगेश भट्टराई


काठमाडौँ-नेकपा एमालेका सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले गृहमन्त्रीले आफ्नै टेबलअघि रहेको सुन तस्करीको फाइल नदेखेपछि एमालेले उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेको बताउनु भएको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद भट्टराईले यस्तो बताउनु भएको हो ।

 उहाँले नेपाललाई सुन तस्करीका ट्रान्जिटको रुपमा दुरुपयोग गरिँदा नेपालीले सुन तस्करीको देशको नागरिक भनेर चिनिनुपर्ने अवस्था आएको बताउनु भयो।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा भट्टराईले भन्नुभयो, ‘सुन तस्करीका घटना भएको अहिलेमात्रै होइन, विगतमै पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भएको र त्यसमा उच्चस्तरीय नेताहरू समेतको संलग्नता छ भनेर प्रहरीले प्रतिवेदन दिएको थियो । हुन त सुशासनको बारेमा, भ्रष्टाचार नियन्त्रणको विषयमा प्रतिबद्धता जनाइरहनुभएको थियो । तर उहाँकै अगाडि टेबलमा भएको त्यो सुन तस्करीको फाइलबारे उहाँले निर्देशन नदिँदा हामीलाई शंका लागेको हो । त्यहीकारण हामीले उच्चस्तरीय छानबिन समिति गठन गरौँ भनेर प्रस्ताव गरेका हौँ ।’