अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधि सभा बैठक बुधबार १ बजेसम्मका लागि स्थगित

प्रतिनिधि सभा बैठक बुधबार १ बजेसम्मका लागि स्थगित


काठमाडौं-प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश नगरी बुधबार १ बजेसम्मका लागि स्थगित भएको छ। सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ चित्त बुझ्दो नभएको भन्दै नेकपा (एमाले)ले संसद्मा नाराबाजी गरेपछि आजको बैठक स्थगित भएको हो। उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै एमाले सांसद्हरुले नाराबाजी गरेका थिए। 

बैठकमा एमाले सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिती गठन नभएसम्म विरोध जारी रहने बताउनुभयो। प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउने कार्यसूची थियो। 

यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री  धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, सदन समक्ष पेश गर्ने कार्यसूची थियो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको “नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो।