काठमाडौँ-नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३२ रुपैयाँ २३ पैसा र बिक्री दर १३२ रुपैयाँ ८३ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ८४ पैसा र बिक्री दर १४५ रुपैयाँ ५० पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २१ पैसा र बिक्री दर १६८ रुपैयाँ ९७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।






प्रतिक्रिया