काठमाडौँ-अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्ग अझै खुल्न सकेको छैन । कैलालीको गोदावरी नगरपालिका-४ को बुढितोलामा सोमबार राति आएको पहिरोसँगै सडक भासिएपछि अवरुद्ध भएको राजमार्ग सञ्चालन हुन नसकेको हो ।
डिभिजन सडक कार्यालय कैलालीले पहिरो पन्छाउने काम जारी रहेको बताएको छ । तर पहिरो आउने क्रम नरोकिएपछि समस्या भएको कार्यालयले जनाएको हो । कार्यालयका अनुसार मंगलबार राति सोही ठाउँमा फेरि पहिरो गएको छ । आज साँझसम्म एकतर्फी भएपनि सडक सञ्चालन गर्ने प्रयास भइरहेको बताइएको छ ।
पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध भएपछि सुदूरपश्चिमका ७ पहाडी जिल्लाको सडक सम्पर्क टुटेको छ ।







प्रतिक्रिया