अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्रीलाई एमाले नेता रिजालको जवाफ–३३ किलो सुन ल्याउँदा देउवा प्रधानमन्त्री थिए 

गृहमन्त्रीलाई एमाले नेता रिजालको जवाफ–३३ किलो सुन ल्याउँदा देउवा प्रधानमन्त्री थिए 


काठमाडौँ–नेकपा एमालेका नेता विष्णु रिजालले ३३ किलो सुन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा नै फत्ते भएको दाबी गर्नुभएको छ । आज सामाजिक सञ्जालमा लेख्नुहुँदै उहाँले ३३ किलो सुनको व्यवस्थापन देउवाले नै गरेको बताउनुभएको हो । 

हिजोको प्रतिनिधिसभा बैठकमा गृह मन्त्री नारायणकाजी श्रेष्ठले विमानस्थलबाट बाहिरिएको ३३ किलो सुनका बारेमा खोजबिन गर्दा एक तोला पनि नपाएको बताउनुभएको थियो । नेता रिमालले गृहमन्त्री श्रेष्ठले झुटा बोलेको जवाफ दिनुभएको छ । 

नेता रिजालले ३३ किलो सुन नेपाल ल्याउँदा कांग्रेसको सरकार रहेको उल्लेख गर्नुभएको छ । उहाँले लेख्नुभएको छ,‘३३ किलो सुन विमानस्थलबाट बाहिरिँदा शेरबहादुर देउवा प्रम र गृहमन्त्री हुनुहुन्थ्यो, ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री, यो घटना ०७४ माघ ८ गतेको हो । केपी ओली प्रधानमन्त्री ०७४ फागुन ३ गते हुनुभएको हो । त्यसबेलासम्म तस्करहरुले सुन पुर्‍याउनुपर्ने ठाउँमा पुर्‍याइसकेका थिए ।’ 

नेता रिजालले योभन्दा फरक केही छ भने सार्वजनिक गर्न गृहमन्त्रीलाई चुनौती दिनुभएको छ ।