अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै, संसद्को अवरोध हटाउनेबारे छलफल हुने 

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै, संसद्को अवरोध हटाउनेबारे छलफल हुने 


काठमाडौँ-सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । बैठक आज बिहान ११ः३० बजे संसद् भवन बानेश्वरमा बस्ने भएको हो । 

संसद् बैठक बस्नुअघि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको हो । 

संसद्को अवरोध हटाउने विषयमा तीन दलका शीर्ष नेताहरूबीच सहमति नजुटेपछि कार्यव्यवस्था समितिको बैठक बस्न लागेको छ । 

बैठकमा सबै राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरू सहभागी सभामुखको सचिवालयले जनाएको छ । 

बैठकमा संसद्को अवरोध हटाउने विषयमा छलफल हुने बताइएको छ । नेकपा एमालेले अवैध सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग राख्दै संसद् अवरोध गर्दै आएको छ ।