अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभामा पनि एमालेको अवरोध

राष्ट्रिय सभामा पनि एमालेको अवरोध


काठमाडौं-राष्ट्रिय सभाको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ।

सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै आएको एमालेका सांसदहरुले उठेर अवरोध गरेपछि बुधवार बसेको राष्ट्रिय सभा बैठक पनि केहीबेरमै अवरुद्ध भएको हो।

एमालेका सांसदहरुले अवरोध गरेपछि राष्ट्रिय सभा बैठक आगामी साउन २६ गते शुक्रवार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी स्थगित गरिएको छ। सांसदहरुले समसामयिक विषयमा आफ्नो धारणा राखेपछि एमालेका सांसदहरुले बैठक आज पनि अवरुद्ध पारेका हुन्। त्यसक्रममा एमालेकी सांसद विमलाकुमारी घिमिरेले सो प्रकरण छानविनका लागि उच्चस्तरीय समिति बनाउने काम नहुँदासम्म बैठक चल्न नदिने अडान दोहोर्‍याउनु भयो। 

उहाँले भन्नुभयो, ‘सरकारकै जिम्मेवार पदाधिकारीहरुको संलग्नता भएकाले आफूहरुले त्यसको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्नुपरेको हो। यसबाट हामी पछि हटदैनौं।’

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक अघि बढाउन पटक-पटक आग्रह गरे पनि एमालेका सांसदहरुले माननेन्। त्यसपछि उहाँले राष्ट्रिय बैठक स्थगित गरिएको बताउनु भयो।