अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेविसंघका दुई समूहको नाराबाजीले सानेपामा तनाव

नेविसंघका दुई समूहको नाराबाजीले सानेपामा तनाव


काठमाडौँ-नेपाल विद्यार्थी संघ (नेविसंघ)का दुई समूहबीच माउ पार्टी कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नाराबाजी भएको छ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवाले विधान विपरीत नेविसंघको केन्द्रीय तदर्थ समिति विस्तार गरेको भन्दै असन्तुष्ट विद्यार्थीहरू विरोधमा उत्रिएका हुन् ।

विद्यार्थी नेताहरू योगेन्द्र रावल, अशोक विष्ट, विनोद शाही लगायतको समूह नेविसंघको समान्तर कमिटी घोषणाका लागि सानेपा पुगेका थिए। प्रहरी परिचालन गरेर उनीहरूलाई पार्टी कार्यालय प्रवेशमा रोक लगाइएको छ। कमिटी विस्तारको विरोध भएपछि नेविसंघ अध्यक्ष दुजाङ शेर्पा समर्थक विद्यार्थीहरू सानेपा पुगेर प्रतिवादमा उत्रिए।