अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डोटीमा जंगली च्याउ खाएका १२ जना बिरामी

डोटीमा जंगली च्याउ खाएका १२ जना बिरामी


डोटी-डोटीमा जंगली च्याउ खाएका १२ जना बिरामी भएका छन्।

आदर्श गाउँपालिका-२ कारनेस्थित दिपायल-मेल्लेख सडक खण्डमा काम गर्ने १२ जना कामदारहरू बिरामी परेका हुन्।

प्रहरीका अनुसार सुर्खेतको पञ्चपुरी नगरपालिका-९ बस्ने वर्ष ५५ को दिल बहादुर राजी सहितका १२ जना कामदारहरूले मंगलबार दिउँसोको खानासँगै पकाएको जंगली च्याउ खाएका थिए।

उक्त च्याउ खाएपछि उनीहरू बिरामी भएको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा इलाका प्रहरी कार्यालय आदर्श डोटीबाट प्रहरी टोली खटिएको थियो।

उक्त प्रहरी टोलीले उनीहरूको उद्धार गरी स्थानीय मौवा स्वास्थ्य चौकी डोटीमा उपचार भइरहेको छ।