अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्तापक्षले संसदमा दादागिरी देखायोः महेश बर्तौला

सत्तापक्षले संसदमा दादागिरी देखायोः महेश बर्तौला


काठमाडौं-प्रमुख प्रतिपक्ष दलका सचेतक महेश बर्तौलाले संसदमा प्रतिपक्षका विषय उठान गर्न नदिनका लागि सत्ता पक्षले संसदमा दादागिरी देखाएको बताउनुभएको छ।

बुधवार बसेको प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद सूर्यबहादर थापाले आफ्ना धारणा राख्दै गर्दा सत्तापक्षका सांसहरुले उठेर बिरोध गर्नु दादागिरी भएको बताउनु भयो। उहाँले सत्तापक्षको दादागिरी देख्दा सरकार संसद चलाउन नचाहने स्पष्ट भएको बताउनु भयो। उहाँले प्रतिपक्षले बोल्दै गर्दा सत्तापक्षका सांसदहरुले संसदीय मर्यादाबाहिर गएर बिरोध गरेको बताउनु भयो।  

उहाँले भन्नुभयो, ‘सरकार यसमा जिम्मेवार बन्न सकेन। सम्माननिय सभामुखज्युले प्रतिपक्षको तर्फबाट हाम्रा मान्य सूर्यबहादुर थापालाई आफ्ना भनाइ राख्न दिँदा प्रतिपक्षले सभामुखले समय दिएर बोल्दा समेत सत्ता पक्षका मान्यहरुले उठेर अवरोध गर्नुभयो। सत्तापक्षको यस किसिमको दादागिरी देखा परेको छ। सरकार सदन चलाउन चाहँदैन। सत्तापक्ष संसदमा द्वन्द्व गर्न चाहन्छ। किनभने प्रतिपक्षले आफ्ना विषय राख्न पाउँदैन ? आफूले जनताका मुद्दा उठाउने कुरा सभामुखको समयमार्फत उजागर गर्न पाइँदैन । सत्तापक्षका सांसदहरु हामीले बोल्दै गर्दा संसदीय मर्यादाबाहिर जान मिल्छ।

प्रतिपक्षले बोल्न पाउने अधिकारमाथि आज सत्तापक्षले संसदमा कुण्ठित गर्नुभयो। उहाँहरु योजनावद्ध तयारीमा हुनुहुन्छ। अभियोग प्रतिपक्षलाई लगाउने, अरु सबै करणी आफू गर्ने। यो दाउपेचका साथ सरकार र सत्तापक्ष अघि बढ्न सकेन। संसदलाई द्वन्द्वतर्फ लैजान सरकार तयारी छ । त्यो खेतीमा लागेको छ।’

सचेतक बर्तौलाले संसदलाई द्वन्द्वतर्फ लैजान सरकार तयारीका साथ अघि बढीरहेको अरोप लगाउनु भयो।