अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागलुङमा छ नाल भरुवा बन्दुक बरामद

बागलुङमा छ नाल भरुवा बन्दुक बरामद


ढोरपाटन–बागलुङमा ६ नाल अवैध भरुवा बन्दुक बरामद गरिएको छ । बुधबार हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बरामद गरेको हो । 

गस्ती गर्ने क्रममा प्रहरीले गलकोट नगरपालिका–१ जनएकता सामुदायिक वनमा एक थान र वडा नम्बर ३ को भगवतीस्थानको ओडारमा बेवारिसे अवस्थामा पाँच नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।

बन्दुक कसले र किन राखेको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।