अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कञ्चनपुरमा अति भारी वर्षा, सतर्कता अपनाउन आग्रह

कञ्चनपुरमा अति भारी वर्षा, सतर्कता अपनाउन आग्रह


काठमाडौँ–कञ्चनपुरमा अति भारी वर्षा भएको छ । जिल्लाको शान्तिपुर, बेलौरी आसपासको क्षेत्रमा अति भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको हो । 

महाशाखाका अनुसार कञ्चनपुरका सुहेली, चौधर खोलालगायत साना खहरे खोलाहरूमा एक्कासी बाढी आउनसक्ने सम्भावना छ । 

तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा बिहानसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।