काठमाडौं-कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ बिहीबार दिउँसो अस्पताल भर्ना हुनु भएको छ।
उच्च रक्तचापका कारण मुटुमा समस्या देखिएपछि उहाँ महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री गुरुङलाई अस्पताल भर्ना गरिएको उहाँका स्वकीय सचिव प्रेम केसीले जानकारी दिनु भयो। उहाँले भन्नुभयो, ‘मन्त्रीज्यूलाई उच्च रक्तचापको समस्या देखिएको छ। मुटुको धड्कनमा पनि समस्या भएकाले अस्पताल भर्ना गरिएको हो।’
प्रतिक्रिया