अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल समावेशितामा विकसित देश भन्दा पनि अगाडि छ: अध्यक्ष ओली 

नेपाल समावेशितामा विकसित देश भन्दा पनि अगाडि छ: अध्यक्ष ओली 


काठमाडौं-नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मानव जातिले न्याय र समानताको लागि कठिन र लामो यात्रा पार गरेर आएको बताउनुभएको छ। 

विश्व आदिवासी दिवसको अवसरमा  बिहीबार पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सुरक्षा, सम्मान, समृद्धिको लागि मानिसले संघर्ष गर्दै आएको बताउनुभयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘विभेद, अपमान, असुरक्षा, अशान्ति र दुःख कष्टलाई समाप्त पार्ने संघर्ष हजारौँ वर्षदेखि मानव जातिले लड्दै आयो, आज हामी एउटा खास बिन्दुमा पुगेका छौँ, अधिकार सम्पन्न हुने बिन्दुमा पुगेका छौँ।’

नेपालको संविधानले समानता र समावेशिताको बाटो खोलेको अध्यक्ष ओलीले प्रष्ट पार्नुभयो। सफलता सहित अघि बढेको बिन्दुमा नेपाल पुगेको उहाँले बताउनुभयो।

नेपालको संविधानले आदिवासी, जनजाति, पिछडा क्षेत्र, वर्ग र समुदायको लागि सकारात्मक विभेद सहितको विशेष व्यवस्था गरेको उहाँले प्रष्ट पार्नुभयो। नेपाललाई समानताको पाठ सिकाउने देशले पनि नेपालले जस्तो समावेशी अभ्यास गर्न नसकेका उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘हामी अरू देश भन्दा निक्कै अगाडि छौँ, हामीले प्राप्त गरेको उपलब्धिमा गर्व गर्नुपर्दछ।

अहिले पहिचानको राजनीति भन्दै केही शक्ति साम्प्रदायिक सद्भाव भड्काउने काममा लागेका ओलीले बताउनुभयो । जात, धर्म, सम्प्रदायको सेन्टिमेन्टलमा खेरले २०५२ सालदेखि नै हिंसा भड्काउन लागेकाहरू अहिले पनि त्यसमा नै तल्लीन रहेको उहाँको भनाइ छ ।