अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमालेले सर्तबन्दी गर्दैन: सुवास नेम्वाङ

नेकपा एमालेले सर्तबन्दी गर्दैन: सुवास नेम्वाङ


काठमाडाैं-नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले एमाले सधैं देश र जनताकाे हितकाे पक्षमा उभिने बताउनु भएकाे छ।

२९औँ विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले बिहीबार च्यासलमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्वाङले एमालेले देश र जनताकाे हितविपरीत कसैसँग शर्तबन्दी नगर्ने प्रष्ट पार्नु भयाे।

बुधबार प्रधानमन्त्री पुष्ककमल दाहालले आदिवासी जनजातिको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कोशी प्रदेशको नाम परिवर्तन्का लागि २०८४ सालमा निर्वाचन जिताए पहिचानको आधारमा प्रदेशको नामकारण गर्ने उद्घोष गर्नु भएको थियो।

प्रधानमन्त्रीको सोही अभिव्यक्तिलाई लिएर कोशी प्रदेशको नाम परिवर्तनका लागि एमालेले सर्तबन्दी नगर्ने बताउनु भएको हो।एमाले देशको विविध जाति, भाषा, धर्म र संस्कृतिका जनताका हीतमा सधैँभरी दृढतापूर्वक उभिने उहाँले बताउनु भयो।

‘काेशी प्रदेशकाे सन्दर्भलाई लिएर एक जना मित्रले भन्नुभयाे, ‘अर्काेपटक २०८४ मा हामीलाई भाेट हालेर जिताउनुभयाे भने म याे काेशी प्रदेशकाे नामै फेरिदिन्छु भन्नुभयाे, उहाँकाे अनुहार झलझली याद छ नाम मैले बिर्सिएँ, हामी त्यसरी शर्तबन्दी गर्दैनाैं, एमाले शर्तबन्दी गर्दैन, एमाले याे देशको विविध जाति, भाषा, धर्म र संस्कृतिका जनताकाे हीतमा सधैँभरी दृढतापूर्वक उभिएकाे छ, उभिन्छ, यसले आफ्नाे व्यवहार, कामकारबाहीबाट स्थापित गरेकाे छ’, उपाध्यक्ष नेम्वाङले भन्नुभयाे।

उहाँले एमालेको नेतृत्वमा देशमा धर्म निरपेक्षता घोषणा भएको र आइएलओ महासन्धिपनि आफूहरुकै नेतृत्वमा नेपालमा अनुमोदन भएको उल्लेख गर्नु भयो। उहाँले आफूहरुकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समावेशितासहितको समाजवादउन्मुख संविधान जारी भएको भन्दै यसबाट पनि एमाले आदिवासी जनताको पक्षमा रहेको स्पष्ट हुने बताउनु भयो।

उहाँले राज्यको तर्फबाट फूलपाति र शिवरात्री पर्व मनाएजस्तै अन्य धर्मावलम्वीहरुले मनाउने चाडपर्वहरुलाई पनि राष्ट्रिय चाडपर्वको रुपमा मनाउनुपर्नेमा जोड दिनु भयो।