काठमाडौं-मोरङ क्षेत्र नम्बर-३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउबारे सभामुख देवराज घिमिरेलाई जानकारी गराइएको छ।
प्रहरी अतिरिक्त महानिर्देशक किरण बज्राचार्यले सांसद शर्मा पक्राउ परेको जानकारी सहितको पत्र सभामुख घिमिरेलाई पठाउनु भएको हो ।
सांसद शर्माले शैक्षिक प्रमाण पत्र कीर्ते गरेको आरोप छ।
शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बिहीबार निवास मण्डिखाटारबाट पक्राउ गरेको थियो।
प्रहरीले सभामुख घिमिरेलाई पत्र पठाएर दिएको जानकारीमा पनि सांसद शर्माको शैक्षिक प्रमाण पत्रबारेका विषय अनुसन्धानका लागि पक्राउ गरिएको उल्लेख छ।
यस्तो छ सभामुखलाई प्रहरीले पठाएको पत्र:
प्रतिक्रिया