अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले लुम्बिनीले तोक्यो प्रदेश अधिवेशन प्रतिनिधि छनोटको मापदण्ड  

एमाले लुम्बिनीले तोक्यो प्रदेश अधिवेशन प्रतिनिधि छनोटको मापदण्ड  


काठमाडौँ-नेकपा एमालेका प्रदेश अधिवेशन भदौमा हुँदैछ । अधिवेशनको तयारीका लागि प्रदेश कमिटी जुटेका छन् । 

यसैबीच लुम्बिनी प्रदेश कमिटीले आगामी भदौमा हुने प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनौट मापदण्ड निर्धारण गरेको छ । 

लुम्बिनी प्रदेश कमिटीको अधिवेशन आगामी भदौ १६ र १७ गते बुटवलमा हुँदैछ । सो प्रदेश अधिवेशनमा सहभागी हुने प्रतिनिधीहरुको मापदण्ड निर्धारण गरिएको हो । 

प्रदेश अधिवेशन आयोजक समितिको बैठकले अधिवेशनमा सहभागीताका लागि १ सय सदस्य बराबर १ जना प्रतिनिधि चयन हुने व्यवस्था गरेको छ ।

खुल्लातर्फ १ सय जना सदस्य बराबर १ जना, दलिततर्फ ७५ जना बराबर १ जना र छनौट भएका प्रतिनिधिमध्ये एक तिहाइ महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको एमाले लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले बताउनु भयो । 

त्यसैगरी प्रतिनिधि छनौट गर्दा १ सयभन्दा बढीभई शेष रहेको ५० अंक बराबर एकजना प्रतिनिधि थप हुने व्यवस्था पनि गरिएको छ ।

घिमिरेका अनुसार लुम्बिनी प्रदेशका सम्पूर्ण पालिका र इलाकालाई आधार मानेर भदौ ९ गते एकैदिन महाधिवेशन प्रतिनिधि छनौट गरिने छ ।