काठमाडौँ-विराटनगर महानगरपालिकाले डेंगु ‘खोज र नष्ट गर’ अभियान चलाएको छ । महानगरले डेंगु नियन्त्रण गर्न ‘खोज र नष्ट गर’ अभियान चलाएको हो ।
महानगरपालिकाकी उपमेयर शिल्पा कार्कीले डेंगु नियन्त्रणका लागि महानगर सबै ठाउँ पुग्न नसक्ने भन्दै ‘खोज र नष्ट गर’ अभियानमा सबैले लाग्नुपर्ने बताउनुभयो । उहाँले शिक्षक, विद्यार्थीलगायत सामाजिक सञ्जालमार्फत अभियानलाई तीव्रता दिनुपर्ने बताउनुभयो ।
डेंगु नियन्त्रण गर्ने उपाय ‘खोज र नष्ट’ गर्नु रहेको भन्दै उपमेयर कार्कीले सरकारी कार्यालयमा पनि अभियान चलाएको बताउनु भयो । उहाँले महानरका सरकारी कार्यालयमा बिहान आधा घण्टा डेंगु ‘खोज र नष्ट गर’ अभियान चलाउन लागिएको जानकारी दिनुभयो । यसका लागि वडादेखि पालिकासम्मका सबै कर्मचारीले आधा घण्टा अभियानलाई साथ दिनुपर्ने उहाँको भनाइ छ ।
उपमेयर कार्कीले डेंगुबाट बच्न सतर्क रहन आग्रह गर्दै आफ्नो घर वरपर पानी जम्न नदिन आग्रह गर्नुभयो ।





प्रतिक्रिया