काठमाडौँ-नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर १ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन तोलामा १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज ५ रुपैयाँ घटेर १ हजार ३७५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।






प्रतिक्रिया