काठमाडौं-निजी विद्यालयहरुले प्रश्तावित शिक्षा विधेयकबिरुद्ध गरेको आन्दोलनको कार्यक्रमहरु फिर्ता लिएका छन्।
शुक्रवार सरकारको तर्फबाट आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने प्रतिवद्धता आएको भन्दै उनीहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिएको बताएका हुन्। मन्त्री परिषद्बबाट पारित शिक्षा विधेयक २०८० विरुद्ध विद्यालय बन्दसम्मका कार्यक्रम घोषणा गरेका विद्यालय सञ्चालकहरुले माग सम्बोधन गर्ने प्रतिवद्धता आएसँगै आन्दोलनका कार्यक्रम स्थगित गरेको प्याब्सनका अध्यक्ष डिके ढुंगानाले बताउनु भयो। उहाँले सरकारले सरोकारवाला पक्षलाई समेटेर प्रश्तावित शिक्षा ऐन अघि बढाउने प्रतिवद्धता जनाएको बताउनु भयो। उहाँले सरकारको आश्वासनअनुसार सर्वस्वीकार्य शिक्षा ऐन आउने आशा पलाएको बताउनु भयो ।
अध्यक्ष ढुङ्गानाले भन्नुभयो, ‘आज मात्रै हामीले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काज्युको नेतृत्वमा रक्षा मन्त्रालयमा वार्ता ग¥यौं। वार्तामा शिक्षामन्त्री, शिक्षा सचिव, कानून सचिव, रक्षा सचिव लगायत मन्त्रालयका प्रवक्ता समेतको उपस्थिति थियो । सो क्रममा प्रश्तावित शिक्षा विधेयक र त्यसले निजी क्षेत्रमा पार्ने प्रभावका बारेमा घनिभुत छलफल भयो। सरकार वार्ताका क्रममा सकारात्मक देखियो। सरोकारवालाका विषयलाई पनि समेटेर अघि बढ्ने प्रतिवद्धता जनाएका कारण सबै आन्दोनका कार्यक्रम स्थगित गरेका छौं। सर्वस्वीकार्य शिक्षा ऐन आउनेछ।’
हाल कम्पनी ऐनअनुसार सञ्चालित विद्यालयहरुलाई ५ वर्षभित्र गुठीमा रुपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी विधेयक ल्याउन लागेको भन्दै निजी विद्यालयका सञ्चालकहरुले आन्दोलन गरेका थिए।
प्रतिक्रिया