अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस बैठकमा सांसद सुनिल शर्मा पक्राउबारे उठ्यो आवाज

कांग्रेस बैठकमा सांसद सुनिल शर्मा पक्राउबारे उठ्यो आवाज


काठमाडौँ-नेपाली कांग्रेस संसदीय दलको बैठकमा सो पार्टीका सांसद डा. सुनिल शर्माको पक्राउ बारेमा सांसदहरूले आफ्ना धारणा व्यक्त गर्नुभएको छ।

कांग्रेस संसदीय दलको आज बसेको बैठकमा केही सांसदहरूले सांसद शर्माको सातरआठ वर्षअघिको मुद्दा भएको र अहिले सुन तस्करी प्रकरणका सम्बन्धमा बोलेका कारण प्रतिशोध साँध्न पक्राउ गरेको हुनसक्ने भनी टिप्पणी गर्नुभएको हो।

पार्टीका प्रमुख सचेतक रमेश लेखकले सांसद शर्मा पक्राउ सम्बन्धमा प्राप्त सूचनाका बारेमा र बैठकका कार्यसूची बारेमा ब्रिफिङ गर्नुुभएको सांसद डिल्लीराज पन्तले जानकारी दिनुभयो । बैठकमा संसद् बैठकको अवरोध, संसद्मा विचाराधीन र प्रस्तुत हुनुपर्ने आवश्यक विधेयक, बजेटको प्रभावकारी कार्यान्वयन, संसद्मा कांग्रेसको प्रभावकारी भूमिकाका बारेमा सांसदहरूले आफ्ना धारणा राख्नुभएको थियो।

यसैगरी बैठकमा सांसदहरूले अविरल वर्षाका कारण मुलुकभर आएको बाढीपहिरो, डेङ्गु रोग, लम्पी स्किन सङ्क्रमण, आँखा पाक्ने रोगको नियन्त्रण र रोकथाम तथा महङ्गी नियन्त्रण, सुशासन कायम गर्नेलगायत विषयमा आफ्ना धारणा व्यक्त गर्नुभएको उहाँले बताउनुभयो।

शुक्रबारको बैठकमा करिब डेढ दर्जन सांसदले आफ्ना धारणा व्यक्त गर्नुभएको र धारणा राख्ने क्रम बाँकी रहेकाले अर्को बैठक आइतबार दिउँसो १ बजे पुनः बस्ने पार्टी कार्यालयले जनाएको छ।