अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकीकृत समाजवादीकी नेतृ कमला तुलाधर एमालेमा प्रवेश

एकीकृत समाजवादीकी नेतृ कमला तुलाधर एमालेमा प्रवेश


काठमाडाैं- माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीकी वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर नेकपा एमालेमा प्रवेश गर्नुभएको छ। 

एमाले अध्यक्ष केपी शर्मा ओलीकाे निवास बालकाेटमा शनिबार आयाेजित कार्यक्रममा नेतृ तुलाधार एमालेमा प्रवेश गर्नुभएकाे हाे । अध्यक्ष ‌ओलीले उहाँलाई पार्टीमा स्वागत गर्नुभयाे।

नेता तुलाधरले आफूहरु माधवको भ्रममा परेर त्यता लागेको र सो पार्टी नेपालको कम्युनिष्ट आन्दोलनबिरुद्ध रहेको ब्यवहारबाटै प्रमाणित भएको कारण आफू पुरानो घर एमालेमै फर्किएको बताउनु भयो ।

उहाँले आफूहरुलाई माधव समुहले फैलाएको भ्रम हटेको भन्दै सवैलाई एमालेमै समाहित हुन आग्रहसमेत गर्नुभएको छ। नेकपा एकीकृत समाजवादी छाडेर एमाले प्रवेश गर्ने तुलाधर सो पार्टीका ३१औं केन्द्रीय सदस्य हुनुहुन्छ।

तुलाधर सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको छाता संगठन नेपाल शिक्षक महासंघकी राष्ट्रिय अध्यक्ष समेत हुनुहुन्छ।