अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसलाई अध्यक्ष ओलीको प्रश्न: कुकुरले पुच्छर हल्लाउने कि पुच्छरले कुकुर ?

कांग्रेसलाई अध्यक्ष ओलीको प्रश्न: कुकुरले पुच्छर हल्लाउने कि पुच्छरले कुकुर ?


काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई कुकुरले पुच्छर हल्लाउने कि पुच्छरले कुकुर ? भनेर प्रश्न गर्नु भएको छ।

गुरु लुइँटेल विकास तथा अध्ययन प्रतिष्ठानले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले बोल्दै संसदको सबैभन्दा ठूलो दल भएर पनि ३२ सिटको माओवादीको पछाडि लागेको भन्दै यस्तो प्रश्न गर्नु भएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘नेपाली कांग्रेस अहिले कसको पछाडि के का पछि लाग्नुभएको हो। मेरो यसमा कुनै कमेन्ट छैन। तर म उहाँहरूलाई सोध्न चाहन्छु कुकुरले पुच्छर हल्लाउने कि पुच्छरले कुकुर हल्लाउने हो ? अचम्म लाग्छ पछाडि पुच्छर चुप लागेको छ, अगाडि नेपाली कांग्रेस डोलायमान छ। तन डोले… मेरा मन डोले… भनेर गीत गाएर बस्छ।’

केही थान मन्त्री लिएर साना पार्टीको पछाडि लाग्ने रहर लागिन्जेलसम्म कांग्रेसप्रति आफ्नो शुभेक्षा रहिरहने उहाँले बताउनु भयो। उहाँले भन्नुभयो, ‘तपाईँहरूलाई यसैगरी चारवटा मन्त्री लिएर साना पार्टीका पछि हिँड्ने रहर लागिन्जेलसम्म त्यो पूरा भइरहोस् मेरो शुभकामना छ‚ लागेन भने बेग्लै कुरा हो।’