अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुन तस्करी सरकारकै संलग्नतामा भएको हो: अध्यक्ष ओली

सुन तस्करी सरकारकै संलग्नतामा भएको हो: अध्यक्ष ओली


काठमाडौं-प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले साउन ३ गते बरामद भएको १०० केजी अवैध सुन तस्करी प्रकरणमा सत्ताकै मान्छेहरुको संलग्नतामा भएको बताउनु भएको छ ।

आइतबार केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले उक्त कुरा उल्लेख गर्नु भएको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पछिल्लो राजनीतिक र समसामयिक घटनाक्रमबारे प्रेस वक्तव्य वाचन गर्दै सुन तस्करीमा सरकारकै संलग्नता रहेको जनाउनु भएको छ ।

‘सय केजी सुन तस्करी सत्ता संक्षित गम्भीर अपराध हो। उक्त तस्करीका लागि बाटो खोल्न विमानस्थलका सीसीटीभी फुटेज पनि तोडिएको छ’, एमालेले भनेको छ, ‘सुन तस्करीमा गृहमन्त्रालयको नेतृत्व जोडिएको छ। त्यसैले त्यही मन्त्रालयबाट छानबिन हुन सक्दैन भनेका हौँ।’

एमालेले सत्ताकै संरक्षमा तस्करी भएकाले उच्चस्तरीय समिति मागिएको जनाएको छ। ‘यस प्रकरणमा उच्चस्तरीय स्वतन्त्र र निष्पक्ष न्यायिक समिति बन्नुपर्छ। सत्तारुढ दलबाटै पनि उठाइएको विषय हो हो’, एमालेले वक्तव्यमा भनिएको छ,‘बरु उक्त छानबिन समितिमा सत्तारुढ दलका मान्छे पनि राखौँ।’