अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्री श्रेष्ठले पदमा बसिरहने आधार गुमाउनुभयो: अध्यक्ष ओली

गृहमन्त्री श्रेष्ठले पदमा बसिरहने आधार गुमाउनुभयो: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साउन ३ गते बरामद भएको सय केजी सुन तस्करीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिकाबारे प्रश्न उठाउनु भएको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले यस प्रकरणमा गृहमन्त्रीको भूमिकाबारे प्रश्न उठाउँदै उहाँले पदमा बसिरहनु गलत भएको बताउनु भयो।  

अध्यक्ष ओलीले भन्नुभयो, ‘गृहमन्त्री संसद्को रोस्ट्रममा उभिन जाँदा राजीनामा दिनुपर्थ्यो । ई-सिगरेटमा सुन भेटिन्छ, ब्रेक सुमा सुन भेटिन्छ, भन्सारको सीसीटीभी फुटेज बिगारिएको छ। तार काट्ने, क्यामेराको मुन्टो अन्त फर्काउने अनि बाहिर स्टन्ट गर्ने, कस्तो सरकार हो यो ?’ 

उहाँले गृहमन्त्री श्रेष्ठले बाहिर बाहिर ठूला कुरा गरेर भित्र तस्करहरुसँग साँठगाँठ गरेको बताउनु भयो । आफूहरुले उच्चस्तरीय समिति बनाएर जाऊँ भन्दा २/४ जना स्वार्थी तत्वका पछाडि समूहबन्दी बनाएर सरकार कुदिरहेको बताउनु भयो।