अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार यति नालायक र अयोग्य छ, प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो: अध्यक्ष ओली

सरकार यति नालायक र अयोग्य छ, प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकपछि अर्को काण्ड दोहोरिइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिनु पर्ने बताउनु भएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले सरकारको विरोध गर्ने सबैलाई तह लगाउन खोजिएको भन्दै सो कुरा बताउनु भएकाे हो ।

‘प्रधानमन्त्री यति नालायक अयोग्य सरकारको नेतृत्व गरिरहनु भएको छ। उहाँले आफैं राजीनामा दिनुपर्ने हो’, उहाँले भन्नुभयो, ‘गृहमन्त्री र अर्थमन्त्री राजीनामा नदिई कसरी पदमा बस्न सकेका हुन्र ? गृहमन्त्रीले जिम्मेवारी बिल्कुलै बहन नगरेर राष्ट्रिय झन्डा हल्लाएर हिँड्न अफ्ठेरो लाग्नुपर्ने हो।’

प्रधानमन्त्री प्रचण्डका लागि यस्ता कुरा पाच्य भइसकेको पनि टिप्पणी समेत गर्नुभयो। उहाँले भन्नुभयो, ‘बानी परेपछि घिन लाग्दैन, लाज लाग्दैन । नैतिकता भन्ने अलिकति पनि रहेनछ।’