अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको टिप्पणी: भन्सारमा जे छोयो त्यही सुन, कस्तो अचम्म !

अध्यक्ष ओलीको टिप्पणी: भन्सारमा जे छोयो त्यही सुन, कस्तो अचम्म !

सुन तस्करीमा संलग्नता नभए किन तर्सियो सरकार ?


काठमाडौं-नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले क्वीन्टल सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउन सरकार डराएको आरोप लगाउनु भएको छ ।

आइतबार सुन तस्करी प्रकरणमा पार्टीको धारणा सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सुन तस्करी प्रकरणमा  निष्पक्ष उच्चस्तरीय छानबिन समितिको कुरो उठ्ने वित्तिकै सरकार ढोका बन्द गरेको बसेको आरोप लगाउनु भएको हो ।

अध्यक्ष ओलीले सुन प्रकरणमा सरकारको संलग्नता छ/छैन यसबारे छानबिन समितिले बताउने जिकिर गर्नु भयो। उहाँले भन्नुभयो, ‘सुन तस्करी प्रकरणमा सरकारको संलग्नता छैन भने छानबिन समितिले पुष्टि गर्छ। सरकार किन पहिले नै तर्सिन्छ ? पहिले नै सरकारले ढोका बन्द गर्छ यसमै आशंका छ।’

उहाँले एकपछि अर्को आउने प्रकरणले देश गम्भीर अवस्थामा पुगेको बताउनु भयो । उहाँले पछिल्लो समय भन्सारबाट सुनबाहेक अन्य सामान नभित्रिएको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘यो त  गोल्ड टच भयो क्या । जे छोयो त्यही सुन।  ब्रेक सु छोयो सुन,सिगरेट छोयो सुन, एउटा मोटर ल्यायो सुन, अर्को ल्यायो सुन, एउटा आइटम सुन,अर्को आइटम सुन । कस्तो अचम्म ! भन्सारबाट जे ल्याउँदा पनि सुन।’

अध्यक्ष ओलीले देश सिध्याउने खेल भइरहेकाले देशको पक्षमा हरेक सचेत नेपाली उभिने र बोल्नुपर्ने अवस्था आएको बताउनु भयो।