अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुन प्रकरणामा बोलेपछि सांसद शर्मालाई पक्राउ गरियो: अध्यक्ष ओली

सुन प्रकरणामा बोलेपछि सांसद शर्मालाई पक्राउ गरियो: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन प्रकरणको विषयमा बोलेकाले नेपाली कांग्रेसका सांसद सुनील शर्मा पक्राउ परेको बताउनु भएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले साउन ३ गते बरामद भएको सुन तस्करीमा जोडिएकाहरुबारे जरैसम्म पुग्र अनुसन्धान गरौँ भन्दा शर्मालाई पक्राउ गरिएको बताउनु भयो।

‘सुनिल शर्माबारे छानबिन नगर भनेको होइन। अदालतले त तत्कालै छाडिदियो नि। समात्नै नहुने थियो, छानबिनबाट ठहर्ने नठहर्ने त थाहा थिएन’, उहाँले भन्नुभयो, ‘२३४ पटक गिरोहसँग कुरा हुँदा कारबाही हुँदैन, छानबिन हुँदैन तर सुन तस्करीबारे प्रश्न उठाउँदा शर्मालाई समातियो।’

उहाँले मेडिकल कलेजसमेत चलाइरहेका सांसद शर्मा जस्तो सांसद देश छाडेर भाग्न नसक्ने बताउनु भयो। ‘हतार हतार उहाँलाई पक्राउ गरेर गिरफ्तार गर्नुपर्ने किन?’, उहाँले भन्नुभयो, ‘अहिले सरकारले बाहिर अनेक प्रकारका स्टन्ट गरेको छ। सुनिल शर्माको सर्टिफिकेटको म जाँचकी होइन, हामीले सर्टिफिकेट नजाँच भनेका छैनौँ। तर यति बेला सुन तस्करी र ललिता निवास छाडेर सरकार एउटा व्यक्तिसँग रिसइबी साँध्न लागेको छ।’

अध्यक्ष ओलीले बहालवाला सांसदलाई मनमौजी पक्राउ गर्न नमिल्ने बताउनु भयो। उहाँले जानकारी नै नगरी कुनै आदेशबिना सांसद शर्मालाई पक्राउ गरिएको भन्दै असन्तुष्टि जनाउनु भयो ।

आजै अध्यक्ष ओलीको निवास बालकोट पुगेर सांसद शर्माले भेट गर्नु भएको थियो। ओलीसँगको भेटमा सांसद शर्माले एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने बताउनु भएको थियो ।

माओवादीले गर्दा कांग्रेस खिइँदै गएकोले माओवादीलाई छोडेर कांग्रेसले एमालेसँगको सहकार्य गर्दै सरकार बनाउनेपर्ने शर्माले   जोड दिनु भएको थियो । उहाँले ओलीलाई राजनेताको संज्ञा दिनु भयो ।