अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उच्च स्तरीय समिति बन्न नसके सरकारलाई दिएको समर्थन पार्टीले फिर्ता लिनुपर्छ: प्रदीप पौडेल

उच्च स्तरीय समिति बन्न नसके सरकारलाई दिएको समर्थन पार्टीले फिर्ता लिनुपर्छ: प्रदीप पौडेल


 काठमाडौं-नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले उच्च स्तरीय छानविन समिति नबने सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने धारणा राख्नु भएको छ।

कांग्रेस संसदीय दलको बैठकमा बोल्ने क्रममा पौडेलले उच्च स्तरीय छानविन समिति बन्नुपर्ने निर्णय दलको बैठकमा राख्नु भएको हो।

अहिलेसम्म सबै भ्रष्टचारका मुद्धा छानविन गर्ने गरी उच्चस्तरीय समिति बन्नुपर्ने नेता पौडेल बताउनु भयो । उहाँले सुन प्रकरणको विषय मात्रै नभई विगतका ठूला भ्रष्टचारको छानविन हुने गरी शक्तिशाली समिति बनाउनुपर्नेमा जाेड दिनु भयो ।

उच्च स्तरीय समिति बन्न नसके सरकारलाई दिएको समर्थन पार्टीले फिर्ता लिनुपर्ने तर्क पौडेलले बताउनु भयो। उहाँले कांग्रेस संसदको सबैभन्दा ठूलो दल भएर पनि त्यस अनुसारको भूमिका संसदमा नदेखिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सरकार र दल फरक होइन ? सरकारलाई हामीले औंला ठड्याउन सक्नुपर्दैन?’