अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने माओवादीको निर्णय

अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने माओवादीको निर्णय


काठमाडौं-नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने भएको छ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो। 

पदाधिकारी बैठकले मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको माओवादी केन्द्रले जानकारी दिए।

मोदीको ठाउँमा जनमत पार्टीकी अनितादेवी साहलाई मन्त्री बनाउने तयारी गरेको छ।

मोदी गत माघ ३ गते मन्त्री बन्नु भएको थियो। मोरङ क्षेत्र नम्बर ४ बाट लगातार दुई पटक निर्वाचन जितेका मोदी पहिलो पटक मन्त्री बन्नु भएको थियो।