अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनमत पार्टीकी अनितादेवी सामान्य प्रशासन मन्त्री बन्दै

जनमत पार्टीकी अनितादेवी सामान्य प्रशासन मन्त्री बन्दै

शपथ भोलि बिहान १० बजे


काठमाडौँ-जनमत पार्टीकी अनिता कुमार साह संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हुने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय मामिला ततथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई हटाएर साहलाई मन्त्री नियुक्त गर्न लागेका हुन्। 

जनमतबाट मन्त्री बन्न लाग्नुभएकी साहको सोमबार १० बजे राष्ट्रपति कार्यालयमा शपथ ग्रहण हुने भएको छ। 

साहको शपथ ग्रहण सोमबार बिहान १० बजे तय भएको राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयले जनाएको छ। 

अब जनमतकी अनिता देवीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय नै पाउने वा अरु कुनै मन्त्रालय पाउने भन्ने तय भएको छैन ।