काठमाडौं-सुनौलो उदयपुर मजदुर समूहको पहलमा ब्लड क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ।
समूहका अध्यक्ष सन्दिप मगर सहितको टोलीले आज काठमाडौंको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा पुगेर ब्लड क्यान्सर पीडित प्रदिप केप्छाकी मगरलाई आर्थिक सहयोग गरिएको हो।
उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर-५ केउरेनी निवासी २९ वर्षीय प्रदिप केप्छाकी मगरको उपचारका लागि केही राहत पुगोस् भन्ने उद्देश्य आर्थिक संकलन गरी मगरलाई रु.४ हजार ५ सय रुपैया आर्थिक सहयोग हस्तान्तरण गरिएको समूहका अध्यक्ष सन्दिप मगरले बताउनु भयो।
ब्लड क्यान्सर पीडित मगरले काठमाडौंको सिभिल अस्पतालमा उपचार गराइरहनु भएको छ। उहाँकी श्रीमतीका अनुसार मगरलाई एक महीना अघि ब्लड क्यान्सर पुष्टि भएको थियो। सुरुमा धरानको धरान घोपाक्याम्प बीपी मेमोरियल हस्पिटलमा उहाँको उपचार गरिएको थियो। त्यसपछि सिभिल अस्पतालमा रेफर गरिएको थियो । तर, चिकित्सकले घोपाक्याम्प बीपी मेमोरियलमा उपचार नहुने भन्दै थप उपचारका लागि काठमाडौंको सिभिल अस्पतालमा लैजान रेफर गरेपछि आफूहरु समस्यामा परेको उहाँकी श्रीमतिले बताउनु भयो। उहाँले भन्नुभयो, ‘अहिलेसम्म धेरै खर्च भइसक्यो। एक पटक किमो चढाउँदा तीन लाख लाग्दो रहेछ। डाक्टरले ६ पटक किमो चढाउनुपर्छ भन्नु भएको छ। किमो चढाउदा पनि भएन भने ब्लड तासफर गर्नु भनेको छ। थप उपचारको लागि कम्तिमा ३५ देखि ५० लाखभन्दा बढी खर्च हुन्छ भनेको छ। यत्रो रकम कहाँबाट जुटाउनु ? अहिलेसम्म आफन्त, साथीभाइ र महानुभावहरुले सहयोगले श्रीमानको उपचार गराइरहेको छु।’
ब्लड क्यान्सर पीडित मगर भन्नुहुन्छ, ‘सुनौलो उदयपुर मजदुर समूहका अध्यक्ष सन्दिप मगरको पहलमा रु. ४ हजार ५ सय रुपैया आर्थिक सहयोग गर्नुभएकोमा विशेष धन्यवाद दिन चाहन्छु। याे रकम मेरो लागि धेरै हो। यतिखेर मलाई एक सय रुपैयाकाे पनि महत्व छ। उहाँले गर्नुभएको पहललाई म कदर गर्दछु।शायद मेरो पीडा देखेर होला सहयोगी दाताहरुले आर्थिक सहयोग गरिरहनु भएको छ।’
श्रीमान प्रदिप मगरको थप उपचारका निम्ति आर्थिक सहयोगको अपिल उहाँकी श्रीमतीले गर्नु भएको छ। ब्लड क्यान्सरबाट पीडित मगरलाई उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको उहाँले बताउनु भयो।
उपचार खर्चमा सहयोग गर्न इच्छुकले ब्लड क्यान्सर पीडितका श्रीमतीको मोबाइल नं. ९७६५४७१५२० मा सम्पर्क गर्न वा बिरामी प्रदिप केप्छाकी मगरको नविल बैंक खाता नं. १०५१००१७५०२०७० मा रकम जम्मा गर्न सक्नुहुने छ।
प्रतिक्रिया